जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मिलन चण्डीकालीका कृषि सहकारी को सातौ बार्षीक साधारण सभा समपन्न ।

श्री मिलन चण्डीकालिका कृषि सहकारी संस्था लिमिटेड पोखरा २१ एकहातेको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । वडा अध्यक्ष दिपक सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम्मा सहकारीले जेष्ट नागरीक भिम कुमारी थापा ,असल बचतकर्ता कुल बहादुर गुरुङ्ग ,असल कारोबारी बसन्ती न्यौपाने ,+२ तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल बिबस न्यौपाने तथा दिक्षा सुनार तथा स्नातक मा सिविल इन्जीनिर तर्फ नम्रता रेग्मीलाई सम्मान गरेको छ ।

सभामा अध्यक्ष क्या. दिल बहादुर थापाबाट संस्थाको प्रशासनिक प्रतिवेदन ,कोषध्यक्ष भक्त बहादुर गुरुङ्गबाट आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक राम प्रसद शर्मा सुवेदीबाट लेखाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम्मा प्रमुख अतिथि पोखरा महानगरपालिका २१ का वडा अध्यक्ष दिपक सुवेदी ,अतिथि लोक कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पूर्ण दिप सिग्देल ,स्वाभिमान बचत तथा ऋण सहकारी संस्था पोखरा १७ का अध्यक्ष कमल बहादुर रेग्मी ,छिनेडाँडा कृषि सहकारी संस्थाका सचिव खगराज न्यौपाने , समाज सेवी विष्णु प्रसाद न्यौपाने ,बन्धु राज पौडेल , कर्ण बहादुर थापा तथा रामदी एकहाते टोल विकास संस्थाका अध्यक्ष कृष्ण देवकोटा लगाएतले शुभकामना मन्त्वय व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष क्या दिल बहादुर थापाको अध्यक्षतामा भएको थियो । यस्तै स्वागत शिक्षा सयोजक बन्धुराज पौडेल ,सहकारी संस्थाका सात सिद्धन्त जमुना कार्की तथा कार्यक्रम संचालन सह सचिव समन बहादुर गुरुङ्गले गर्नु भएको थियो ।