जन्मभुमि खबर ,
पोखरा ।
अपायक ठाउँमा नियुक्ति दिएकाे भन्दै आमरण अनसनमा बस्नुभएकी पाेखराकी दृष्टिविहीन शिक्षिका शोभा पौडेलले अनसन ताेड्नुभएकाे छ । पायक ठाउँमा नियुक्ति गर्ने सहमतिपछि हिजाे उहाँले तीन दिनदेखिकाे अनसन ताेड्नुभएकाे हाे ।
शिक्षा इकाई कार्यालय, शिक्षक सङ्गठनहरु र पोखरा महानगरपालिका शिक्षा महाशाखाले पौडेलसँग कास्कीको मादी गाउँपालिकाकाे ध्रुव माविमा सरुवा गर्ने सहमति गरेका हुन् । उहाँ आइतवारदेखि पाेखरा-१ बगरमा रहेकाे शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाई कास्कीकाे परिसरमा अनसनमा बस्नुभएकाे थियाे ।
लमजुङकाे दाेर्जी गाउँपालिकाकाे बालकल्याण माविमा नियुक्ति रहेकाे तर दृष्टिविहीन भएका कारण विद्यालय जान आउन निक्कै समस्या भएकाे भन्दै उहाँले अनसन शुरु गर्नुभएकाे थियाे । उहाँले पायक विद्यालयमा नियुक्ति र हाजिर गराइ स्थायी राेजगारीकाे सुनिश्चित हुनुपर्ने माग राख्नुभएकाे थियाे ।
उहाँले गएकाे वर्ष शिक्षक सेवा आयाेगबाट स्थायी शिक्षकमा नाम निकाल्नु भएकाे हाे ।