तोलामा १३०० ले घट्यो सुनको मूल्य
जन्मभुमि खबर ,
पोखरा ।
नेपाली बजारमा सुनको मूल्य लगातार सातौं दिन पनि घटेको छ।
गत साताको मंगलबारदेखि घट्न थालेको सुनको मूल्य एक साताभरी घटिरहेको हो। एक सातामा सुनको मूल्य पाँच हजार ६ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सयले घटेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ६ हजार ६ सय रुपैयाँ तोकिएको छ।
त्यसैगरी तेजाबी सुन पनि घटेर प्रतितोला एक लाख ६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ।