जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तमादीखोला बाढी : अन्नपूर्ण गाउँपालिका निवासी माधबको शव स्याङ्जाको मिर्मिमा भेटियो , डम्वर बहादुर थापाको अवस्था भने अझै अज्ञात

जन्मभुमि खबर ,
पोखरा ।

पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ७ खरेहा र वडा नम्बर ८ चुवाको बिचमा रहेको तमादीखोलामा आएको बाढीले बगाएर बेपत्ता
बनेका मध्ये थप एक जनाको शव भेटिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३
नौडाँडाका ३४ वर्षिय बिजय भन्ने माधव
पौडेलको शव भेटिएको हो । स्याङ्जाको
गल्याङ नगरपालिको मिर्मिस्थित कालीगण्डकी
ए जलविद्युत आयोजनाको बाँधमा आज विहान
शव भेटिएको हो । भेटिएको शवको तस्विर
परिवारले आफ्नो छोराको रहेको बताएको
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक
केशब केसीले जानकारी दिए।

शव भेटिएको खबर पाएसँगै परिवार र
आफन्तहरु मिर्मितर्फ हिडेको उमले बताए ।
। उनिहरु पुगेपछि थप पहिचान हुने र यकिन
भएपछि परिवारलाई बुझाईने केसीले
बताए ।

घटनामा परेका रुपन्देही जिल्ला तिलोत्तमा
नगरपालिका ९ का ३४ वर्षिय गोपाल
बस्यालको भने सोहि दिन शव फेला परेको थियो
। वेपत्ता भएका बागलुङको ताराखोला
गाउँपालिका वडा नं. ३ इदिका ५१ वर्षिय डम्वर
बहादुर थापाको अवस्था भने अझै अज्ञात रहेको
छ । घटनास्थलमा सुरक्षाकर्मीले खोजी कार्य
भने जारी राखेको प्रहरी नायब उपरिक्षक
खुमलाल भुसालले जानकारी दिए ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज
६२१३ नम्वरको जीप शनिवार साँझ साढे ६
बजेतीर बाढीले बगाउँदा तीन पुरुष सहित गाडी
समेत वेपत्ता भएको थियो । खोलामा बाढिले
ल्याएको ढुंगा पन्छाउने क्रममा जीप बगाएको हो ।