जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र ग्यासको यथावत

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्यमा प्रति लिटर १.५१ रुपैयाँ बढेर तथा डिजेलको मूल्यमा प्रतिलिटर ३.६३ रुपैयाँले घटेर आएको छ । यस्तै, एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ९३ रुपैयाँ बढेर आएको छ ।

यो सँगै अब डिजेल र मट्टीतललाई पोखरामा १६४ रुपैयाँ पर्ने निगमले जनाएको छ।

आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।