जन्मभुमि खबर ,
पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ७ धम्पुसस्थित कमेरपानी जंगलमा एक जनाको शव सडेगलेको अवस्थामा फेला परेको छ ।
जंगलमा सडेगलेको अवस्थामा रुखमा झुण्डिएको शव धम्पुस घर भई हाल खोराकोमुख बस्ने ७० वर्षीय बुद्धिबहादुर विकको भएको पुष्टि भएको छ । विक १८ महिनादेखी घरबाट हराएका थिए ।
विकको शवको पहिचान छोरा हिटमानले गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जंगलमा शव फेला परेको सूचना थानीय मार्फत प्राप्त हुना साथ प्रहरी चौकी धम्पुसबाट र वडा प्रहरी कार्यालय बगरबाट अनुसन्धान टोली खटिई गई प्रारम्भिक अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।