जन्मभुमि खबर ,
पोखरा ।
कलाकार प्रकाश घिमिरे भिरबाट लडेर घाइते भएका छन् । शुक्रबार बिहान पोखरा-३ नदिपुरस्थित घरनजिकै घाँस काट्न गएका घिमिरे लडेर गम्भीर घाइते भएका हुन् ।
टाउकोमा चोट लागेका उनको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घिमिरे गम्भीर दुर्घटनामा परेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनको उपचारमा विशेषज्ञ चिकित्सक खटिएको मेयर आचार्यले जनाएका छन् ।
उनी अहिलेसम्म अचेत छन् ।अवस्था असामान्य रहेकोले काठमाडौंमा उपचारका लागि पठाउन लागिएको हो । कलाकार तथा उनका शुभिन्तकहरु मणिपाल पुगेका छन् । चिकित्सकहरुले उनको अवस्था स्थिर रहको जनाएका छन् । घिमिरेको आइसियूमा राखेर उपचार गरिएको छ ।
घिमिरेले मीत बाको भूमिकामा अभिनय गरेको चलचित्र `पशुपति प्रसाद २ : भष्मे डन´ अहिले प्रदर्शनमा छ । पशुपति प्रसाद, टलकजंग भर्सेस टुल्के, दुई नम्बरीलगायत चलचित्र, नाटक र सर्ट फिल्ममा घिमिरेले अभिनय गरेका छन् ।