जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कलाकार प्रकाश घिमिरेको स्वास्थ्य सुधारोन्मुख, दोहोरो कुराकानी गर्न सक्ने भए

 

जन्मभुमि खबर ,
पोखरा ।

गत शुक्रबार घाँस काट्न जाँदा समातेको पर्खाल भत्किदा लडेर गम्भीर घाइते भएका कलाकार प्रकाश घिमिरेको स्वास्थ्य सुध्रिएको छ। ५० मिटर तल बसेर बजारिएका उनको अवस्था प्रारम्भमा गम्भीर थियो। आइसियुमा राखेर उपचार गरेपछि उनको स्वास्थ्य अवस्थामा सुधार भएको हो।

उनलाई आइसियुबाट बाहिर राखेर मणिपाल अस्पतालमा उपचार गरिएको थियो। अहिले उनको आइसियु बाहिर राखेर उपचार भइरहेको छ। उनी दोहोरो कुराकानी गर्न सक्ने र झोल खानेकुरा खान सक्ने अवस्थामा पुगेका छन्।

उनी शुक्रवार बिहान घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए। पोखरा महानगरपालिका वडा नं ३ स्थित प्रेम शेरचनको घर नजिकै ब्लकको पर्खाल समाएर घाँस काटिरहेका घिमिरे ब्लकको पर्खाल भत्किँदा उनी भीरबाट खसेका थिए।

घिमिरेले हालसम्म झन्डै ५० बढी नेपाली फिल्ममा काम गरिसकेका छन्।