जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

इन्द्रजात्रा हेर्न न्युरोड पुगेका युवकको धारिलो हतियार प्रहार गरि हत्या

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौंको न्युरोडमा सोमबार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको छ।

इन्द्रजात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीमाथि धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घाइते कार्कीलाई ट्रमा सेन्टरबाट रिफर गरेर मध्यराति १२ मनमोहन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका प्रहरीले जनाएको छ।

घट्नामा संलग्न केहीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।