इजरायलको जेरुसेलम तिन धर्मको केन्द्र
इजरायलको जेरुसेलम तिन धर्मको केन्द्र हो तर युद्दको कारण ४ बर्से बालकले झार उखेलेर खादै हिड्न परेको छ ।
इतिहासको अध्ययन गर्दा सबै भन्दा पहिला यहुदी नै जेरुसेलम आएको देखिन्छ । राजा डेभिडले इसापुर्ब १००० पहिला नै जेरुसेलमलाइ ज्युसहरुको राजधानीको रुपमा स्थापना गरेका पाइन्छ । ज्युस(jewish ) हरुको राजधानी जेलुसेलम थियो। इजरायलको विभिन्न ठाउहरुमा बसोबास गर्ने यहुदीहरू इसापुर्ब १००० पहिला देखि इसापुर्ब १५०० को बिचमा जेरुसेलममा आएका थिए ।रोमन एम्पायर राजा सोलमन पनि इसापुर्ब ९७०तिर नै सेनामेना सहित जेरुसेलम आएका थिए।उनि कुन धर्म मान्ने थिए कुनै थाहा छैन ।राजा सोलमन शक्ति सहित आएको हुदा पनि यहुदीहरुलाई तिमीहरु तिम्रो धर्म मान तिम्रो धर्ममा मेरो कुनै हस्तक्षप् हुनेछैन भनेपछि रोमन एम्पायर र यहुदीहरू बीच मित्रवत सम्बन्ध भएर बस्न थाले । एम्पायार सोलमन पछि कनटेण्टि भन्ने राजा भए ।उनि मर्ने बेलामा हामि हरु पनि क्रिस्चियन बनौ भने पछि रोम बाट आएका मानिसहरु पनि क्रिस्चियन भए त् भनिन्छ तर इजरायल भित्रकै ब्याटल ह्याममा जिससको जन्म भएको थियो ।जिससको जन्म पश्चात करिबपहिलो सताब्दी तीर क्रिस्चियन धर्मको सुरु भएको थियो ।समय क्रमको बिचमा जिससले आफुलाई म नै भगवानको छोरा हो भनेर भन्न थाले पछि यहुदीहरुले तिमिले भनेको कुरा गलत हो। तिमले सुरु गर्न लाएको धर्म पनि गलत हो ।यो धर्मको कुनै महत्व छैन भन्न थाले । तिम्लाई हामीले मान्दैनौ भनेर जिससलाइ क्रसमा राखेर मारिदिए।
त्यसपछि क्रिस्चियन धर्म फैलिदै गैयो । यहुदी र क्रिस्चियनको झगडा त्यहीबाट सुरु भएको हो । जिससलाइ मार्नु पहिला क्रिस्चियनहरुले होलि ल्याण्ड अफ द होलि चर्च निर्माण गरिसकेका थिए । इसापुर्ब १५०० देखि सन् २०० सम्म यहुदी र क्रिस्चियन हरुको झगडा भयो । सन् ३४ देखी सन् २०० सम्म त क्रिस्चियन र यहुदीहरुको धर्म युद्द नै भयो ।५० बटा त धर्म युद्द नै भए । यहुदीको judaism र christianity बीच ऐतिहासिक र धार्मिक मुद्दाहरु मा बिबाद भने छदैछ । सन् ५७० मा इस्लाम धर्मका सस्थापक मोहम्मद जन्म भएको हो भन्ने पढ्न पाइन्छ । उनि करिब ६० वर्ष जति बाचेका थिए भनिएको छ ।उनिलाइ इस्लाम धर्मका फ़ाउण्डिङ्ग् फादर मानिन्छ । मोहम्मदको जन्म पश्चात मुस्लिमहरु पनि जेरुसेलम आएर बस्न थाले।ज्युसका धर्म देवता इब्राहिमलाइ अब्राम पनि भनिन्छ ,अब्रामको नातिको नाम ज्याकोब थिए । ज्याकोबलाइ इजरायल पनि भनिन्थ्यो ।उनैको नामबाट इजरायल देसको नाम राखियो । किनकि इब्राहिमको प्रतिनिधि नै ज्याकोब मानिएको थियो । अब्राहम धर्म भित्र नै यहुदी (जुद्दिजम) ,क्रिस्च्यनिटि ,र मुस्लिम धर्महरुको चेन सम्बन्ध छ । किनकि इब्राहिम नै फ़ाउण्डिङ्ग फादर हुन् भनिन्छ । त्यसैले जेरुसेलममा एउटै कम्पाउण्ड भित्र @al -Aqsa – -मुस्लिमको मस्दिज ,@हाली ल्याण्ड अफ द होलि चर्च – क्रिस्चियनको चर्च ,@र तिम्बल माउण्ट- यहुदीहरुको मन्दिर छ। तथापि यहुदी र मुसलमानहरुको धर्म युद्द भयो । यहुदीको मन्दिर मुसलमानहरुले भत्काइदिए । मन्दिरको भित्ता मात्र बाकि छ ,त्यलाई यहुदीहरुको दोस्रो मन्दिर भन्छन । जसको नाम वेस्टर्न वाल हो। .त्यसैलाइ यहुदीहरुले पुजा गर्छन ।
बिस्व युद्दताका हिटलरले ६० हजार यहुदीहरुलाई ग्यास च्याम्बरमा हालेर मारेको थियो । सन् १९४८ मा संयूक्त रास्ट्रसघ ले इजरायल र प्यालेस्टिनहरुलाई आ आफ्नो ठाउमा गएर बस भन्दा इजरायलले सोहि कुरा मानेर बस्यो । प्यालेस्टिनले मानेनन। इजराइल ले तुरुन्तै १९४८ मा state of israel बनाएर सासन गर्न थाले । state of israel का पहिलो प्रधानमन्त्री ले यहुदीहरूलाइ संसारको जहा भए पनि इजरायलमा आएर जग्गा किनेर बस भनेर बोलाए। संसारका यहुदीहरु इजरायल आएर जग्गा किनेर बस्न थाले ।तर प्यालेस्टाइनिहरु इजराइल सग झगडा गरिने रहे। गल्ति कहानेर भयो भने प्यालेAस्टाइन प्रधानमन्त्री यासेर अराफात हुदा सन् १९९३ मा ओस्लो सम्झौता भएको थियो ।इजराइलले उक्त सम्झौता आजका मिति सम्म पूर्ण रुपमा कार्यन्वयन गरेको छैन । अहिलेका प्यालेस्टाइन प्रधानमन्त्री मोहम्मद अब्बास पनि प्यालेस्टाइन बाहिर छन् । हमासको नियन्त्रणमा प्यालेस्टाइन छ । हमासलाई आन्तरिक सहयोग गर्ने रास्ट्रहरुले नै हालको युद्द गराएकोमा कुनै शका छैन ।
सन् १९६७ मा इजरायल लाइ ठिक पार्न जोडर्न ,सिरिया र इजिप्टले युद्द गरेका थिए। उल्टै इजिप्टको वेस्ट बेंक, सिरियाको गोलन हाइट, र इजिप्ट को गाजा र साइनाइ भाग गुमाउन पर्यो । त्यसको इख मरेको छैन । हमास त्यसैको बिउ हो। उता न्यु योर्क टाइम र अमेरिकामा भएका धेरै महत्वपूर्ण उद्योगहरु इजराइलिहरुको नियन्त्रणमा हुदा क्रिस्चियन धर्म मान्ने अमेरिकि धेरै भएपनि यहुदिहरुकै समर्थन गर्नुको कारण यहि हो। उता प्रथम बिस्व युद्द पछि इजरायल ब्रिटिसको कोलोनि बन्यो । ब्रिटिसले सबै यहुदीहरू इजरायलमा नै आएर बस भने यो कुरा सन् १९२० को हो।त्यतिखेर ६%यहुदीहरू सन् १९४२ मा ३० % पुगेका थिए । मतलब ब्रिटिस पनि इजरायल को पक्षमै छ । संयुक्त रास्ट्र संघ पनि दोस्रो बिस्व युद्द पछि आफुले भनेको प्रस्ताब मानेर बस्ने इजराइलिकै पक्षमा छ ( नदेखिने गरि ) ।
अन्त्यमा यो युद्द तिन धार्मिक स्थल जेरुसेलम भित्र उब्जिएको धार्मिक युद्द नै हो। संसारका सबै रास्ट्रहरुको मुख्य सत्रु गरिबीलाई न्यूनीकरण गरेर मानब हितका काम गरेर सबै रास्ट्रका सरकारहरु जनमैत्री हुनु पर्नेमा हुन् सकेनन । ढिलै भएपनि साउदी अरबका युवराजले U. N महासचिवलाई टेलिफोन मार्फत युद्द बिरामको प्रस्ताब गरेका छन । यो टेलिफोन बार्ताले सार्थकता पाओस । ४ बर्से बालकले झार उखेलेर खादै हिड्न नपरोस ।