जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रतितोला आठ सयले घट्यो सुनको मुल्य

जन्मभुमि खबर ,
पोखरा ।

साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ।

मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो।

मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार प्रतितोला आठ सय रुपैयाँ, बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ र शुक्रबार प्रतितोला आठ सय रुपैयाँ गरी चार दिनमा सुनको भाउ प्रतितोला तीन हजार चार सय सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।

बिहीबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।