जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हल्कादेखि मध्यम वर्षाको सम्भावना

जन्मभुमि खबर ,
पोखरा ।

आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी , कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने देशको पहाडी भूभागको थोरै  स्थानहरूमा तथा बाँकी भूभागको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।