जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सरकार र शिक्षक महासंघबीच भएको सहमतिमा राहत शिक्षक असहमति, आन्दोलन जारी राख्ने

जन्मभुमि खबर ,
पोखरा ।

सरकार र शिक्षक महासंघबीच भएको सात बुँदे सहमतिमा राहत शिक्षकले भने असहमति जनाएका छन् । राहत शिक्षकका माग पूरा नभएको भन्दै उनीहरूले आन्दोलन जारी राख्नेसमेत बताएका छन् ।

‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन । राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौँ । हामी विज्ञप्ति निकाल्छौँ’, राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले भने ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको उनले बताए । राहत शिक्षकले आन्दोलन जारी राख्ने भएका छन् ।

‘माइतीघर मन्डलामा भोलि भेला हुने । ४० हजार शिक्षक आक्रमक रुपमा उत्रने । शिक्षक महासंघबाट राजीनामा दिने,’ राहत शिक्षकका महासचिव कुमार बजगाईले भने ।