जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

समाजबाद खुसी र सुखिको माध्यम बन्नु पर्छ

बि. पि कोइरालाको समाजबादले भन्छ कि ; नेपाल गाउँ नै गाउले भरिएको देश हो । यहाँ किसान नै किसान छन।ती किसानहरुको कृषि उत्पादनलाई सहयोग गर्ने ,तिनलाई अन्याय हुन नदिने । गाँउलाइ नै केन्द्रमानेर बिकास गर्ने ।
प्रजातान्त्रिक समाजबादले भन्छ कि सबैका लागि चुनाब लड्ने स्वतन्त्रता र आर्थिक स्वतन्त्रता आबस्यक छ। साम्यबादमा प्रजातन्त्र हुदैन समाजबादमा प्रजातान्त्र हुन्छ। बुझ्ने भाषामा भन्ने हो भने समाजबाद भित्रको प्रजातान्त्र झिकिदिएमा साम्यबाद्द हुन्छ।

जननेता मदन भन्डारिले ;रास्टृय र अन्तरास्ट्रिय कम्युनिष्ट आन्दोलनमा देखिएको सकसलाई बिचार गरेर कम्युनिष्ट सिद्दान्त भित्रको जडसुत्रबादको खरानि बनाएर फालेर समय ,देस ,काल, परिस्थिति सुहाउदो सिद्धान्तको प्रतिपादन गरे जस्को नाम हो जनताको बहुदलिय जनबाद। यस्ले साराम्समा भन्छ कि मजदुर र किसानको हितमा राज्यसत्ताले काम गर्न पर्छ ।यो बर्गलाइ हुने शोसण, दमन, उत्पिडनको अन्त्य गर्न पहिलो प्रार्थमिकता हुनु पर्छ। अब एकाधिकारबादी वा कुनै बर्ग बिसेसको अधिनायकवाद चल्दैन। अबको यो दुनियामा जनमैत्री शासन चलाउन सम्बैधानिक सर्बोच्चता , मानव अधिकारको रक्षा , शक्ति पृथकिकरणको सिद्दान्त ,जनताको समाजबादी ब्यबस्थाको सुदृढीकरण , कानुनी शासन ,बहुमतको सरकार अल्पमतको प्रतिपक्ष,बहुदलिय प्रतिस्प्रधाको प्रणाली ,आबधिक निर्बाचन , बहुदलिय खुल्ला समाज आबस्यक छ।

समाजबादी चरण सम्म बि. पि र मदन भन्डारीको बाटो एउटै छ ।समाजबाद आए पछि त्यतिबेलाको बर्गिय चरित्र , राजनितिक चेत ,बिकासको गतिले नौलो सिद्धान्त तय गर्नु पर्ने हुन सक्छ ।त्यो बेलामा त्यही अनुसारको कुरा र बिषय उठ्लान नै ।तर अहिले नै आफ्नो स्वार्थको लागि अनेक खाले भ्रष्टाचार गर्ने ,अपारदर्शी हुने, कानुनी शासनको धज्जी उडाउने , जुन कार्यहरु गरे भएका छन ती सबै कार्यहरु नेपालिको हित बिपरित छन।

सबै भन्दा ठूलो दर्सन हो । दर्शन भित्र राजनिती पर्दछ।त्यो राजनिती उपरी सम्रचना हो। त्यही उपरी सम्रचनाको माध्यम बाट देस ,जनता र आफ्नो भलाइ हुन्छ भनेर सार्बजनिक हितार्थ लाग्ने माध्यम नै राजनितिक पार्टीमा आबद्द हुनु हो। अत : आफू आबद्द पार्टी कस्लाइ प्यारो लाग्दैन होला र ? आफ्नो सारा जिन्दगी जान लाइसक्यो ।कतिपय ब्यक्ती पद नपाएर , भर्खर्को भर्खर आफुले रोजेको ,खोजेको कुरा नपाएर , आफू समान कुनै ब्यक्ती सग चित्त नबुझेर आफु सम्लग्न पार्टी परित्याग गरेर अर्को पार्टीमा प्रबेस गरेको पनि पाइन्छ।कतिपय असल समकक्षी कार्यकर्तालाइ अनाबस्यक खेदो खनेर आफ्नो मात्र स्वर्थ लिने र लाभको पदमा बस्ने गरि अन्याय गरेको पनि पाइन्छ।यो सन्सारकै उदाहरण हो।अझ हाम्रो जस्तो देसमा त १५ बर्स पार्टीको प्रमुख र प्रधानमन्त्री भै सकेका ब्यक्तिले आफू अनुकुल नभएर अर्कै पार्टी खोलेको एक नमुना उदाहरण तपाईं हामी माझ छदैछ।

सबाल के उठाउनै पर्ने भयो भने जनमैत्री काम गरेर देस र जनताको हितार्थ लाग्न आफुले रोजेको सिद्धान्तलाई आत्मसाथ गरेर लागेका मानिसहरुलाइ पार्टी भित्रका केही छदमभेसिहरु , भ्रष्टहरु , दलालहरु ,भासणमै रमाउनेहरु , अनाबस्यक इतिहासका कुरा गरेर समय बर्बाद पार्नेहरु , आफ्नो निजि स्वार्थको लागि बिना बिषय गुट उपगुट खडा गर्ने देखेर उदेक, आश्चर्य र अनौठो लाग्छ । अबका कुरा, अबका भाषण कस्ता हुनु पर्छ भने , हामिले यो यो क्षेत्रमा यो यो प्रगती गरियो ।अब यो यो काम गरेर प्रगती गर्नु पर्छ। त्यस्को लागि यस्ता यस्ता कार्यक्रम हरु हुनु पर्छ भन्ने हुनु पर्ने नि । जस्तै ; शिक्षामा ,स्वास्थमा, पुर्बाधारमा, कृषिमा , खाधय सुरक्षामा, रोजगारिमा, कानुनमा, गरिब महिला र बालबालिकाको छेत्रमा , अन्तरास्ट्रिय जगतमा यी यी काम भए ।अब यी यी काम हुदैछन ।वा हुनुपर्नेमा भएका छैनन आदि पो भन्ने हो। खाली एउटै कुरा गरेको छ रमाएको छ।
अर्कोतिर ; कांग्रेस र कम्युनिष्ट भन्ने जात छ यहाँ ।सिद्धान्त एउटै एउटै भए पनी ब्यक्तिगत स्वार्थ बाझिएर बेकारको लडाइ छ। जस्को कारण जनताले दुख पाइरहे।यी केही राजनितिक फटाहाहरुले मस्ती गरिरहे। एउटै फटाहाका स्कुल ,हस्पिटल, होटल ,हाइड्रो पाओर, बैकमा लोन लिएर बैक टाट ,पैसा जति बिदेस लाने । अचम्म ! यस्को बारेमा कोहि बोल्दैन । अब यस्तो गर्न दिन हुदैन।यस्ता रास्टृय फटाहहरुलाइ कानुन भित्र ल्याइहाल्नु पर्छ।
बिकास गर्दा प्रार्थमिकताको आधारमा गर्ने ।बिकास गर्दा आउने पुस्थालाई पनि श्रोत र साधन आबस्यक पर्छ भन्ने बिचार गरि दिगो बिकासको उदेस्य र लक्ष्य अनुसार काम गर्नु पर्छ।यस्तो कार्य गर्नको लागि आफ्नो भुगोल बुझेका , पडेका , इमान्दार पार्टी कार्यकर्ताहरुको प्रयोग गरेर पछौटे समाजको उन्नती र प्रगती गर्नु पर्छ ।पार्टी भित्रका केही दलाल ,भ्रष्ट, बेइमानी र भासणबाज मात्र गर्न रुचाउनेका पक्षमा अन्धभक्त भएर लाउन र समर्थन गर्न हुदैन।त्यस्ता सबैलाई तिरस्कृत गर्नै पर्छ र समाजबादमा पुगिने बाटो समाएर सबैलाइ सुखी र खुसी पार्ने अभियानमा लाग्न आफू सक्य योगदन दिनु पर्छ ।