जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको पुरानो घर आँगन रेष्टुरेण्ट एण्ड कटेज झिर हाउसमा स्लाइसमा अखाद्य वस्तु फेला

जन्मभुमि खबर ,
पोखरा ।

पोखरास्थित वडा नम्बर ८ को पुरानो घर आँगन रेष्टुरेण्ट एण्ड कटेज झिर हाउसमा ट्रोपिकाना स्लाइसमा अखाद्य वस्तु फेला परेको छ ।

आईतबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले निरीक्षण एवं अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेको जनाएको हो ।

खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले स्लाइसमा अखाद्य पदार्थ फेला परेको गुनासो पछि निरीक्षण गर्दा आँखाले देखिने रुपमा नै वाह्य पदार्थ देखिएको र त्यही अनुसार मुुचुल्का तयार गरेको बताउनुभयो । उहाँले सरकारले अनिवार्य न्युनतम मापदण्ड तोकेको र त्यो मापदण्डअनुसार स्लाइस न्युन गुणस्तरको रहेको बताए  ।

त्यस्तै, निमित्त कार्यालय प्रमुख शिवजी बरालले निरीक्षण गरी रिपार्टे पठाएको र खाद्य अनुसार आकर्षण भए कारबाही हुने बताउनुभयो । निरीक्षणका कारण गुनासोहरु बढीरहेको बताउनुभयो । बिक्रेतासँग बयान लिएर र निरीक्षण गरी कारबाही हुने बताए  ।

त्यस्तै, होटल मालिक प्रमोद मरासिनीले पानीले पखाल्ने क्रममा भेटिएको बताए  । उनलेे  किनेर ल्याएको ठाउँले ठूलो विषय नबनाउन आग्रह गरेको बताए  ।

विज्ञहरुले कतिपय अवस्थामा पूरा नखोलिकन अखाद्य पदार्थ नदेखिने हुँदा सबै नागरिकले जुसहरु खाँदा खोलेर अर्को भाँडामा हाले पिउन सुझाव दिएका छन् ।