जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पृथ्वी राजमार्ग असोज ४ गतेदेखि २० गतेसम्म राती दैनिक ४ घण्टा बन्द हुने

जन्मभुमि खबर ,
पोखरा ।

असोज ४ गतेदेखि २० गतेसम्म पृथ्वी राजमार्ग रातिको समयमा चार घण्टा बन्द रहने भएको छ ।

सडक विस्तारको काम हुने भएकाले धादिङको थाक्रे गाउँपालिकाको खयरघारीदेखि गजुरी गाउँपालिकाको पोखरेखोलासम्मको सडक बन्द गर्न लागिएको हो ।

सडक राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द रहने छ । यो अवधिमा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारी साधान चलाउन रोक लगाइएको छ ।