गण्डकीको चालु अधिवेशन आज मध्यरातबाट अन्त्य हुने
जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार चालु अधिवेशन अन्त्य भएको हो ।
मन्त्रिपरिषद्को बैठकले बिहीबार राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष सिफारिस गरेको थियो ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले गुरुङले चालु अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयकी शाखा अधिकृत प्रमिला गौतमद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।