जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

खुल्ला तिज गित प्रतियोगिता सम्पन्न ।

नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा आयोजित खुल्ला तिज गित तथा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पछिल्लो क्रम्मा महिलाहरुले हरेका क्षेत्रमा आफुहरुलाई अगाडि बढाउदै आएको साथै नेतृत्व विकासमा पनि आफुहरुलाई अगाडि बढाएको मा आफुलाई निकै खुशि लागेको प्रमुख अतिथि जिल्ला समन्वय समिति अध्यक्ष लिलाधर पौडेलले बताउनु भएको छ । कार्यक्रम्मा विषेश अतिथि वडा नम्बर २१ का अध्यक्ष दिपक प्रसाद सुवेदी ,जिल्ला समन्वय समिति सदस्य सिता वि.कले शुभकामना मन्त्वय राख्नु भएको थियो ।कार्यक्रम्मा लोक गायक रामजी पौडेल तथा माया के.सीले विविन्न गित  प्रस्तुत गरि मनोरञ्जन गराएका थिए । कार्यक्रमको निणयकमा लोक गायक रामजी पौडेल ,माया के.सी तथा बोधराज आचार्य रहनु भएको थियो ।तिज गित प्रतियोगितामा  वेलडाँडा आमा समूह प्रथम भएको छ ।यस्तै   बाजीपोखरी आमा समूह दोस्रो ,  समाज सुधार आमा समूह  तेस्रो तथा   दिदीबहिनी समूह सान्त्वना भएको छ । प्रथामा ,दोस्रो ,तेस्रो तथा सान्त्वना हुनेले क्रम्श १०,०००, ७,०००,५,०००,३,००० साथमा प्रमाण पत्र रहेको छ । यस्तै एकल नृत्य प्रतियोगिता तर्फ  शितल गौतम     प्रथम ,दोस्रो रश्मि गिरी, मिरा पोख्रेल तितृया  भएका छन्। प्रथम ,दोस्रो तथा तृतिय हुनेले क्रमश १५०० ,१०००,५०० र प्रमाणपत्र रहेको छ ।    कार्यक्रम्मा १७ टिमको सहभागिता रहेको थियो ।कार्यक्रम वडा स्तरिय महिला संजाल पोखरा २१ को आयोजन रहेको थियो भने कार्यक्रमलाई पोखरा महानगरपालिका वडा नम्बर २१ को आर्थिक सहयोग रहेको थियो ।कार्यक्रम वडा स्तरिय महिला संजालकी अध्यक्ष भिमा सिग्देलको अध्यक्षतामा भएको थियो भने कार्यक्रम स्वागत संजालकि उपाध्यक्ष सुनिता सापकोटा, कार्यक्रम संचालन सचिव लोक माया थापाले गर्नु भएको थियो ।