जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की प्रहरीमा घुमुवा खारेज

जन्मभुमि खबर ,
पोखरा ।

कास्की प्रहरीमा घुमुवा खारेज गरिएको छ। यसअघिसम्म घुमुवा रहेकोमा भर्खरै सरुवा भएर कास्की पुगेका एसपी मोहन थापाले घुमुवा खारेज गरेका हुन् ।

प्रहरी कर्मचारी (सादा पोशाक) परिचालन कार्य निर्देशन-२०७९’ जारी भएर लागू भइसकेपछि घुमुवाको अवधारणा स्वत: खारेज भएकोले अबउप्रान्त कुनै पनि प्रहरी कर्मचारीलाई कार्य निर्देशन विपरीत घुमुवाको रुपमा नखटाउने कास्की प्रहरीले निर्णय गरेको छ।

कुनै पनि अनुसन्धान तथा नियन्त्रण गर्नको लागि विशेष सूचना संकलन गर्न सूचना संकलन गर्ने टोलीलाई मात्र सादा पोशाकमा खटाउने पनि कास्की प्रहरीले जनाएको छ।