जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भुटानको ड्रुक एयरले भदौ २३ गते देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने

जन्मभुमि खबर ,
पोखरा ।

भुटानको ड्रुक एयरले भदौ २३ गते देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुकले ९ सेप्टेम्बर देखि पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो ।

यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अुनसार यो जहाज पोखराबाट पारो नै उड्नेछ । यहाँ न्यारोबडी जहाजले उडान गर्नेछ ।

गत वर्ष पुसमा उद्घाटन भएको विमानस्थलमा असार ६ गते चिनकाे सिचिआन एयरलाइन्सले अन्तर्राष्ट्रिय व्यवसायिक चार्टर्ड उडान गरेकाे थियाे । अन्य उडान भने आन्तरिक मात्र भइरहेका छन् ।