सुन तोलामा १ सय रुपैयाँले बढ्यो
जन्मभुमि खबर ,
पोखरा ।
बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले बढेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।