सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
जन्मभुमि खबर ,
पोखरा ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज आइतबार तोलामा सुनको मूल्य ३०० रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।