वे ग्रुप नवलपुर पुनर्गठन ।
वे ग्रुप नेपालले जिल्ला कमिटि नवलपुर पुनर्गठन गरेको छ ।
बिगत ८ बर्षदेखि वातावरण संरक्षणको लागी साप्ताहिक सरसफाइ अभियान संचालन गर्दै आएको सस्थाको केन्द्रिय कार्यक्रम अनुसार नवलपुर कमिटि पुनर्गठन गरेको हो ।
वे ग्रुप नवलपुरका निबर्तमान संयोजक श्री अमृत पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको छ ! सस्थाको उपाध्यक्षमा श्री मुना श्रेष्ठ रहनु भएको छ भने सचिब श्री पोसकान्त चापागाईं हुनुहुन्छ ।
सस्थाका केन्द्रिय कार्यवाहक अध्यक्ष श्री दिपक गौतम लगाएतको उपस्थितिमा भएको कार्यक्रममा
कोषाध्यक्ष : श्री सन्दिप अर्याल
सह – सचिव : श्री गीता घिमिरे
सदस्य : श्री हरी प्रसाद वाग्ले
सदस्य : श्री होम नाथ पौडेल
सदस्य : श्री जिवन पौडेल
सदस्य : श्री नवराज अर्याल रहनु भएको छ !
४ सदस्य पछि थप हुने गरी आज नौ सदस्यीय समिति गठन गरेको हो !
वे ग्रुप नेपालका सचिब श्री एच पि न्यौपानेका अनुसार नवलपुर समितिलाइ ग्रुपको क्याप प्रदान गरिएको छ !