जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भोलिबाट पोखरा महानगरपालिकाभित्रका विद्यालय शुक्रबार सम्म बन्द

जन्मभुमि खबर ,
पोखरा ।

आँखा पाक्ने रोग अर्थात् एक्युट कन्जन्टिभाइटिसको संक्रमण बढेपछि पोखरा महानगरपालिकाभित्रका विद्यालय तीन दिन बन्द गरिने भएको छ ।

महानगर प्रमुख धनराज आचार्यको संयोजकत्वमा सोमबार बसेको सरोकारवालाको बैठकले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

पोखरामा सामुदायिक विद्यालय १ सय ७५, संस्थागत विद्यालय १ सय ५३ र ६५ वटा मन्टेश्वरी रहेको महाशाखा प्रमुख आचार्यले जानकारी दिए ।

महानगरपालिकाले मंगलबार सूचना निकालेर विद्यालय बन्द रहने र घरमै सुरक्षित भएर बस्न आग्रह गरेको छ ।

शनिबारसहित ४ दिन बिदा गर्दा कस्तो हुन्छ । यति गर्दा पनि फैलँदो क्रममा रह्यो भने अरु योजना बनाएर अघि बढ्ने भन्ने निर्णय भएको छ ।’ अहिले दिइएको ३ दिन अन्य बिदामा कटाउने गरी सहमति भएको उनले सुनाए ।

हिमालय आँखा अस्पतालले सोमबार पत्रकार सम्मेलन गरेर पोखरामा पछिल्लो हप्ता आँखा पाक्ने रोगको संक्रमण ह्वात्तै बढेको भन्दै विद्यालय बन्द गर्न सुझाव दिएको थियो । अस्पतालका अनुसार पछिल्लो एक हप्तामा आँखा पाक्ने रोगको उपचारका लागि अस्पतालमा १ हजार ५ सय ७३ जना आएका छन् । यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट ईलीया श्रेष्ठले बताईन् । उनका अनुसार आँखा पाक्ने रोग लाग्दा आँखा रातो हुने, चिलाउने, पाक्ने, पानी बग्ने, पोल्नेलगायतका लक्षण देखिन्छन् । आँखामा समस्या आउने वित्तिकै अस्पताल गएर उपचार गर्न उनले सुझाव दिईन् ।