जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बढ्यो सुन चाँदीको मुल्य

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको छ ।

छापावाल सुन मंगलबार प्रतितोला एक लाख १३ हजार रुपैयाँ कायम भएको छ । सोमबार भने प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुन मंगलबार प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँ कायम छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार प्रतितोला २५ रुपैयाँले बढेको चाँदीको मूल्य मंगलबार एक हजार ४७५ रुपैयाँ कायम छ । चाँदी सोमबार प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।