बढ्यो सुनको मुल्य
जन्मभुमि खबर ,
पोखरा ।
साताको दोस्रो कारोबारका दिन सुनको मूल्य बढेको छ भने, चाँदीको स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा २ सयले बढेर १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसै गरी सोमबार चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँमा स्थिर रहेको छ ।