जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा आज मध्यान्ह नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित पावर हाउसको नहरमा पौडी खेल्ने क्रममा १० वर्षीय बालक सम्बोधन अधिकारीको मृत्यु भएको हो।
बिहीबार मध्यान्ह करिब १२:०० बजेको समयमा डुबेर बेपत्ता भएका उनको झन्डै एक घण्टापछि शव भेटिएको हो ।
बालक बेपत्ता भएको खबर लगत्तै उद्धारका लागि खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले नजिकैको रहमा बालकको शव फेला पारेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी बेद जोशीले जानकारी दिए ।
बालकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।