जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा कम्युनिष्ट पार्टीका ९(नौ) प्रधानमन्त्री ;

एकातिर, कम्युनिष्ट पार्टीमा लागेर जो आज सम्म राज्य सत्तामा पुगेका छैनन ।ती मध्ये बडि जसो अझै भासण बाजिमा पार्टी सत्ताको चरम दुरुपयोग गर्दै समय नसुहाउने भासण गर्दै हिडेका छन।आ – आफ्ना गाउँ घरको बिकास गर्न ध्यान दिनु छैन खाली कार्यक्रममा जाने अनाबस्यक बोल्ने , आफ्नो निजि स्वार्थको लागि नभएको गुट श्रीजना गर्ने , यस्तो लेखिदेउ र उस्तो लेखिदेउ भनेर पत्रकार समेतलाइ बिगार्ने पार्टी भित्रको यो नटबराल शैली कहिल्यै अन्त्य नहुने गरि झ्याङ्गिदै गएको छ।
अर्को तिर , यो बिस्वको इतिहास हेर्दा कम्युनिष्ट पार्टीको नेता प्रधानमन्त्री भएको देस यति विधि भ्रष्टाचारमा परेको कहि देखिएको छैन । सोभियत रुसमा मिखाएल गोर्भाचोभको अन्त्य पछि त्यसैको त्राणमा उभिएका पुर्बी युरोपका कम्युनिष्ट रास्ट्रहरुको शासन त ढल्यो । हाम्रो देसमा भने रास्टिय र अन्तरास्ट्रिय कम्युनिष्ट सक्तिको बिभाजन र बिघटनको स्थितिलाइ हेरेर स्व. जननेता मदन भन्डारिले ज.ब.ज.को प्रतिपादन गर्नु भएको कारण नेपालमा कम्युनिष्ट पार्टी भनेर चिनिने नेकपा एमाले हाल सम्म त दरै रुपमा उभिन सकेको छ । यध्यपी ज.ब.ज.ले बनाएका ५ पटकका प्रधानमन्त्रीहरुले देस र जनताको हितमा गरेको कामले सर्बहारा र मजदुरहरुको लागि के के काम गर्यो त भन्ने अहम प्रश्नहरु परेर जन्ताले ८४ , ८४ भन्न थालेका छन ? अत :पार्टीको निर्णय र जिम्बेबार पाएका पार्टी नेताहरुले गरेको काममा खोट र दोस कहाँ भयो त भनेर आफ्नै मुल्यान्कन गर्ने बेला भैसकेको छ। कसैको काम बाट पनि चित्त नबुझेर स्थापना भएको माओबादी केन्द्र पार्टीको तर्फबाट पनि ४ पटक प्रधानमन्त्री भएकाहरुले यो बर्गको हितको बारेमा के के काम गर्यो त भन्ने बिसयमा अझ गम्भीर बहस सुरु भएको छ । एक मुस्ठ भन्दा कम्युनिष्ट पार्टीको तर्फबाट ९ परक प्रधानमन्त्री हुने अबसर पाएका प्रधानमन्त्रीहरुले के के उल्लेख्य कामहरु गरे भन्ने बहस त झन चर्को रुपमा चलेको छ ? यिन्को शासनले जनता खुसी छन कि बेखुसी भन्ने प्रस्नको उत्तर त सजिलै बाहिर आएकै छन । खुसी भएको त पाइएन भन्ने कुरा रास्टृय र अन्तर्राष्ट्रिय सरकारी र गैर सरकारी सघ ,सस्थाहरुको बार्सिक प्रतिबेदनबाट नै खुल्न आउँछ। यदि खुसी भएको पाइदैन भने कुनै पनि सिद्धान्तको रक्षा, प्रयोग र त्यस्बाट जन जिबिकामा रुपान्तरण गर्न नसक्ने नेतृत्व तह अबका दिनमा किन आबस्यक पर्यो र? अब त्यो तहको नेताहरु विश्राम लिन पर्दैन र?