श्री नयाँपुल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा २१ को दशौ बार्षीक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न।
श्री नयाँ पुल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा २१ को दशौ बार्षीक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ।
प्रमुख अतिथि वडा नम्बरको २१ का वडा अध्यक्ष दिपक प्रसाद सुवेदीले महिलाहरुद्वारा संचालित वडा नम्बर २१ कै नमुना सहकारी रहेको बताउनु भएको थियो ।साथै वडाबाट सहकारीलाई कुनै सहयोग आवश्यक परेमा आफुले सक्दो सहयोग बताउनु भयो। कार्यक्रका विशेष अतिथि व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी, गुप्तेश्वर बहुमुखि क्याम्पस का अध्यक्ष श्रीराम सुवेदी, समाज सेवि झपिन्द्र रेग्मी , राजन पोख्रेल, पुर्ण दिप सिग्देलले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रम अध्यक्ष प्रमिला पौडेल सुवेदीले संस्थाको प्रशासनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष सृजना पौडेल पोख्रेलले कोषाध्यक्ष को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम्म मा वयोवृद्ध रुद्र कुमारी सिग्देलाई सम्मान गरिएको थियो।
सम्पन्न अधिवेशन बाट भिमा सुवेदी सिग्देलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको छ। जसमा उपाध्यक्ष रञ्जन रेग्मी पहारी, सचिवमा देवी शर्मा ,सह सचिव दुर्गा सुवेदी, कोषाध्यक्ष नन्दा कुमारी पोख्रेल,सदस्यहरुमा कल्पना न्यौपाने पौडेल, सञ्जिता पहारी, सीता थापा बानिया,मिना आर्चया, रमाना सुवेदी, जीवन कुमारी सिग्देल रहनु भएको छ।साथै उक्त अधिवेशनले शान्ति सुवेदीलाई लेखा समिति सयोजक चयन गरेको छ।कार्यक्रम संचालन सचिव जानकी पोख्रेल पहारीले गर्नु भएको थियो।