नयाँ नेपालको बिकास गर्न मौलिक मोडेल आबस्यक छ ;
आफ्नो सस्कृतिमा उभिदै नेपालको सामाजिक ,आर्थिक, सास्कृतिक ,राजनीतिक ,भौतिक र अन्य बिकास निर्माणका कार्यहरु गर्न बांच्छनिय देखिन्छ । जाहानिया राणा साशनको अन्त्य पछि नेपालले २०१३ साल देखि प्रथम पन्च बर्सिय योजना सुरुवात गरेर योजनाबद्द बिकासको सुरु गरेको हो । आजका मितिसम्म धेरै पन्च बर्सिय र त्रि -बर्सिय योजनाहरु सक्किए ।नेपाली जनता र बिदेसी मित्र रास्ट्रहरुको पनि नेपालको सरकार ,पार्टी र नेताहरुलाई ठुलो प्रश्न छ कि किन बिकास भएन ? भारतका एक बिध्वानले एस डि मुनि ले त सबै कम्युनिष्ट नेता बाहुन भएर बिकास गरेनन भन्न सम्म भ्याए ।
काठमाण्डौको साशन किन जुम्ला, हुम्ला, रोल्पामा पुगेन ? जुम्लाको स्याउ ,रोल्पाको फापर ,हुम्लाको सिमि झापामा किन पुगेन ? झापाको चिया हुम्ला ,जुम्ला ,रोल्पामा किन पुग्न सकेन ? काठमाण्डौमा बस्ने निबर्तमान देखि बर्तमान सयौ मन्त्रि, साम्सद र सचिब जसले युरोप, अमेरिका ,जापान, सिंग्गापुर देखेकाले किन काठमाण्डु समेत देख्न सकेनन ? बिकास नहुनुको मार्मिक बह यहि भित्र छ ।
समाचार श्रोत भन्छ कि उप सचिबले काठमाडौमा २२ बटा घर बनाए ।३० भन्दा बडि घडेरी किने तबन अख्तियारलाइ थाहा भएर मुद्दा चलाउदैछ।
संसारभर बिकासका प्याराडायमहरु देखा पर्दा यहा किन ति देखा देखा पर्न सकेनन ? बिकास जनताको अधिकार किन बन्न सकेन ?जनता द्वारा ,जनताको लागि ,जनताले नै आफ्नो बिकास किन गर्न पाएनन ? जनताको चाहना र आबस्यकतामा किन जोड दिन सक्किएन ? साच्चिकैका गरिब मानिस ,गरिब महिला र बालबालिका उपर किन योजना ल्याउन सक्किएन ?यस्ता प्रस्नहरु धेरै छन् ।
दोस्रो बिस्व युद्द सक्किए पछि सन् १९५० देखि १९६० सम्म ,१९६० देखि १९७० सम्म १९७० देखि १९८० सम्म ,१९८० देखि १९९० सम्म १९९० देखि २००० सम्म २००० देखि आज २०२० को दसक सम्म बिकास गर्नकै लागि बिध्वानहरुले ४४, ४५ बटा बिकासका मोडेलहरुको बारेमा लेखे र ति मोडेलहरुलाइ बिस्वका अधिकास गरिब रास्ट्रका सरकारहरुले आफ्नो देसको सामाजिक, आर्थिक बिकासार्थ लागु गरे । तर सफलता किन हात पर्न सकेन? नेपालमा पनि कलेजका कोर्सहरुमा परनिर्भरताको मोडेल ,आधुनिकता ,यातायात , हरित कृषिका अबधारणा, बटम एप्रोचको अबधारणा ,आधारभूत आबस्यकता ,दिगो विकास हुदै गरिबी निवारण अबधारणा लगाएत धेरै विकासे अबधारणाहरु भित्र्याइएका थिए ।यी विभिन्न बिकासे अबधारणाहरुले नेपालिको पछौटेपनालाइ किन छुन सकेन?
अहिले भने नेपालको संबिधानमा नै “सम्ब्रिद्द नेपाल सुखी नेपालि” भन्ने साझा अबधारणा स्वीकारिएको छ ।
नयाँ संबिधान ,नयाँ कानुन ,नयाँ ब्यबस्था, नया जनप्रतिनिधी , सरकारमा बस्नेहरुको लामो राजनीतिक आन्दोलनबाट खारिएर आएको अनुभबि नेताहरुले ब्यक्तिगत पारिबारिक पार्टी गत स्वार्थ त्यागेर नयाँ मोडेलबाट बिकासको सुरुवात गर्नै पर्छ। जनताको दुख्ख, पीर ,मर्का ,मर्म ,भाबना, बिचार ,इच्छ्या ,चाहना ,आबस्यकता बुझेका साथै रास्ट्रिय र अन्तरास्ट्रिय बिकासको अबधारणा सग नजिक हुँदै करिब ३० बर्सको बहुदलिय ब्यबस्था समालेको लामो अनुभब पनि छ ।नेपाल बहु भासिक ,बहु जातिय ,बहु सास्कृति भएको बिस्वको नमुना देश पनि हो भन्ने बिसय र नेपालको हिमाल ,पहाड र तराइको भौगोलिक अबस्था पनि राम्रो सग थाहा पाएका नेताहरुले जनतासग भएका अनेकौ मौलिक ज्ञान ,सिप ,सस्कृति र प्रब्रिधिलाइ नेपालकै माटोमा उभ्याउदै आफ्नो देसको हावापानी अनुकुल ,प्राकृतिक सम्पदालाइ उच्च प्रबिधि मार्फत प्राकृतिक सम्पतिमा बदल्न बिस्वमा भएका नयाँ नयाँ प्रबिधिहरुसग जोडेर नयाँ नेपालको बिकास गर्न आफ्नै मौलिक मोडेल लाइ प्रार्थमिकता दिन बान्छनीय छैन र?मेरो बिचारमा यस्तै गर्न पर्नेछ।
यदि यसो गर्न सकियो भने आर्थिक परनिर्भरता ,राजनीतिक परनिर्भरता ,बिकासको परनिर्भरता क्रमस हट्दै जाने थियो भन्नेमा म बिस्वस्थ छु ।नेपालको सामाजिक विज्ञानको शक्तिमा बिस्वमा बिकसित भएका बैज्ञानिक उर्जा मिलाएर नेपालको मौलिक मोडेलको बिकास गर्न आबस्यक छ । नयाँ नेपालको बिकासको लागि मौलिक मोडेल (प्याराडायम ) भनेको आफ्नै प्रकृति ,सस्कृति, ज्ञान, सीप र प्रबिधिमा उधिएर नेपाली नै टिचार ,लिडर र म्यानेजर भएर आफ्नो देसको सर्बाङिण बिकास गर्न पर्नेछ।