तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य
जन्मभुमि खबर ,
पोखरा ।
साताको पाँचौँ सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
बिहीबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी सुन तोलामा १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भई १ हजार ४६० रुपैयाँ कायम भएको छ ।