जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चितवनमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथवन २०२३: युवा उत्सव मनाइदै ।

चितवन, श्रावण २५, २०८०
अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा बेटर चितवनले यस क्षेत्रका १९ गतिशील युवा नेतृत्वको संस्थाहरूसँगको सहकार्यमा यही श्रावण २७ गते युथवन २०२३: युवा उत्सव आयोजना गर्दैछ ।

युथवन २०२३: युवा उत्सवमा चितवनका युवाहरूलाई सहभागितामुलक, मनोरञ्जन र सशक्तिकरण गर्ने विविध कार्यक्रमहरूको श्रृंखलात्मक प्रस्तुति रहने छ । कार्यक्रमकमा नविन विचार र उत्पादनहरूको प्रदर्शनी, सचेतनामुलक नाटक, युवा वहस, मानसिक स्वास्थ्य र लागूपदार्थको लत जस्ता युवा लक्षित महत्त्वपूर्ण विषयहरूलाई समेट्ने गरि विचार-उत्तेजक जागरूकतामुल सत्रहरू समावेश गरिएको छ ।

उत्सवमा युवा अकांक्षा र सपना शिर्षकमा कविता प्रतियोगिता, भरतपुर महानगरपालिकाको घुमौँ भरतपुर २०८४ अभियानलाई प्रवर्धन गर्न भिडियो प्रतियोगिता, स्वस्थ खाना प्रवर्धन गर्ने उद्धेश्यले “कसले छिटो खाने प्रतियोगिता” र “60 सेकेन्ड टु फेम” प्रतिभा प्रदर्शनी प्रतियोगिता पनि अयेजना हुनेछ । साथै ट्रेजर हन्ट प्रतियोगिता र सांस्कृतिक तथा सांगेतिक साँझको कार्यक्रम पनि रहेको छ ।

समुदायमा आ-आफ्नो क्षेत्रमा उल्लेखनीय र उत्कृष्ट योगदान दिने तीनजना युवाहरूलाई हरेक वर्ष अन्तराष्ट्रिय युवा दिवसमा प्रदान गरिने “बेटर युथ अवार्ड” र “युवा रिकग्निसन अवार्ड २०२३” द्वारा सम्मान र पुरस्कृत पनि गरिनेछ । “ब्रेन ड्रेन र ब्रेन गेन” शीर्षकमा प्यानल छलफल मार्फत युवा प्रवास र यसका असरहरूको प्रासंगिक मुद्धालाई सम्बोधन गर्नेछ ।

युथवन २०२३ को सबैभन्दा उल्लेखनीय विशेषता भनेको समावेशीताप्रतिको प्रतिबद्धता हो । उत्सव सबैका लागि खुला छ र युवा र नवप्रवर्तनको उत्सवमा सहभागी हुन सबै क्षेत्रका युवाहरूलाई स्वागत गर्दै नि:शुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ ।

“युथवन २०२३ युवा उत्सवको यो छैठौँ शृंखला हो । यस उत्सवले युवाहरूका महत्वपुर्ण मुद्धाहरूमा वहस र छलफल गर्न, युवाका विचारहरू अभिव्यक्त गर्न र अथाह सम्भावना भएका युवाहरूलाई अफ्नो ऊर्जा र रचनात्मकताको प्रस्तुती गर्न मञ्च प्रदान गर्ने हुँदा हामी हर्षित छौं ।,” कार्यक्रमका संयोजक सचिन चापागाईले जानकारी दिनुभयो । भरतपुर केन्द्रिय बस टर्मिनल नजिकै रहेको सेरेन होटलमा हुने उक्त उत्सवमा सामेल भएर युवा र नवीनताको शक्तिलाई सँगै मनाउन उत्सवमा सहभागि हुन उहाँले सबैलाई अनुरोध पनि गर्नुभयो ।