जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनचाँदीको मुल्य

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली बजारमा आज (बुधबार) सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

छापावाल सुन बुधबार प्रतितोला ६०० रुपैयाँले घट्दै एक लाख १२ हजार ४०० रुपैयाँ कायम छ । हिजो (मंगलबार) भने एक लाख १३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ४५० रुपैयाँ कायम छ । हिजो (मंगलबार) प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।