गितामा धर्म शब्दको अर्थ “कर्तब्य कर्मलाइ” भनिएको छ ;
परलोक प्राप्तिको निम्ति यस लोकका भोगहरुलाई त्याग्नु मुर्खता हो ।कर्मानुसार प्राप्त भोगहरुलाई त्याग्न पर्दैन। तिनीहरु प्रतिको आसक्ति त्यागे मात्र पुग्छ ।जिबन र जगतको बिसयमा त्यति बेलाका ऋषिमुनिहरुको मत फरक फरक पाइन्छ । बृहस्पति आदि मुनिहरु भन्थे कि “देखिएको लोक देखि अर्को लोक छैन ।यसैले पाप र पुण्य पनि छैन ।आत्मा भन्ने केवल भौतिक बस्तुको मिस्राणको परिणाम हो”। केहि मुनिहरुको मत छ कि “सबै कुरा त्यागेर आमरण कठोर तपस्याद्वारा सरिरलाई सुकाउनु पर्दछ “।नारद ,शाण्डिल्य र गर्ग आदि महर्षिहरु भन्छन कि “भक्ति स्वतन्त्र पुरुषार्थ हो ।भक्ति मिले पछि लौकिक, बैद्दिक कर्महरुको आबस्यकता पर्दैन “।कपिलमुनि भन्छन कि “यज्ञ यज्ञादी गर्दा हिंसा हुने भएकाले यसबाट आत्मा कल्याण हुदैन ।त्यस कारण यी सब कुरा छोडेर तत्व, चिन्तन गर्नु पर्दछ /प्रकृति पुरुसको बिबेक भएपछी पुरुष स्वतन्त्र हुन्छ।स्वतन्त्र हुनु नै मुक्ति हो “। जैमिनी मुनि भन्छन कि “स्वोर्ग प्राप्ति गर्नु नै आत्मा कल्याण हो। यसको निम्ति सकाम यज्ञ यज्ञादी गर्नु पर्दछ ।” ब्यास आदि अनेकौ मुनिहरू भन्छन कि ” कर्म र आत्माको एक चिन्तनमा लागोस ।मृग तिस्णा डोरीमा देखिएको सर्प जस्तै हो “।
यी माथिका मुनिहरूको प्रत्येक मतहरुका सम्बन्धमा गीताको सिद्दान्त फरक छ “आत्मा अनादि अनन्त बस्तु हो। आत्मा समस्त ब्रमाण्डका अणु , अणुमा ब्याप्त छ।आत्मा नित्य भएपछी परलोक र पुण्य पाप पनि स्वोत सिद्द छन् “। “बाह्य बस्तुहरु केहि पनि त्याग्न पर्दैन। मुख्य त्याग्न पर्ने कुरा फलासक्ति र स्वार्थ भाबना हो ।भोक भोकै बसेर कठोर तपस्या द्वारा सरिरलाई सुकाउन भन्दा मिताहार द्वारा शरीर र इन्द्रियलाई संयममा राखेर मर्यादित रुपले बिसयभोग गर्नु अनाशक्ति योग हो” ।”भक्ति स्वोतन्त्र पुरुष हैन। किन्तु ज्ञानको साधना हो ।ज्ञान निष्ठा र कर्म निष्ठा दुइटा मात्र निष्ठा हुन्छन ।लौकिक र बैदिक कर्महरु गर्ने पर्छ ।कर्मको त्याग कुनै हालतमा पनि हुनै सक्दैन “। शरीर छउन्जेल म केहि पनि गर्दिन भन्नु खालि हठ मात्र हो ।आखिर प्रकृतिले ज्ञानीलाइ पनि कर्म गराएरै छोड्छन ।ज्ञानीले पनि लोक संग्रहको निम्ति कर्म गर्ने पर्छ ।ज्ञानको निम्ति तत्व चिन्तन अबस्यै गर्ने पर्छ । यज्ञ ,दान र तपरुपलाई पनि छोड्न हुदैन।किनकि यसबाट चित्त सुद्दिका साथै बिस्व कल्याण पनि हुन्छ”। .”प्रक्रिति पुरुषको बिबेकबाट मुक्ति मिल्दैन ।मुक्ति त् ब्रम ज्ञानबाट मिल्दछ “। “स्वोर्ग अस्थायी भएकाले त्यसको प्राप्ति साच्चिकैको आत्मकल्याण हैन । आत्मा कल्याण मोछ्य पछि हुन्छ । मोछ्य ज्ञानले मिल्दछ”।
लोकमा धर्म शब्दले ” पुजापाठ आदिको अनुष्ठान लाइ मात्र बुझाएको छ”।तर गीतामा धर्म शब्दको अर्थ “कर्तब्य कर्मलाइ” बुझाउछ ।गीताले गरेको धर्मको अर्थ “धर्म साम्प्रदायिक धर्म नभएर ब्यापक धर्म भन्ने अर्थको हुन्छ।त्यसैले गीता भनेको सामाजिक दृस्टीबाट समाजशास्त्र , ब्यबहारिक दृस्टी बाट नीतिशास्त्र ,कर्मको दृस्टी बाट कर्ताब्यशास्त्र हो ।किनकि गीताले व्यक्तिगत स्वार्थलाई तुछ्छ ठानेर सामुहिक कल्याणको निम्ति कर्मफललाई त्यागमा प्रेरणा दिएकोछ ।त्याग गरि गरिएका कर्महरु सबै यज्ञ नै हुन् ।मानबिय गुणहरुको पूर्ण बिकास भएको व्यक्ति नै योगी हो ।खेति गर्दा केवल आफ्नो मात्र स्वार्थ छैन र बिस्व कल्याणमा छ भने त्यो कृषि योग हो भनिएको छ ।योगी हुनु नै मानाब जिबनको सर्बोच्च लक्ष हो।योगी भए पछि धार्मिक ,नैतिक ,सामाजिक ,याज्ञीक सबै स्वयम हुन्छ ।त्यस्तै तपस्वी ,ज्ञानी र कर्मी पनि हुन्छ ।
अत: यस्तो मानब कल्याणमाय गीता ज्ञानलाइ जोगी शास्त्र भनेर गृहस्थ र केटाकेटीले पडन हुदैन ।राम्ररि पढ्न सकेन भने बौलाइञ्छ ।पढ्न सक्यो भने घरबार नै छोडेर जोगी हुन्छन भनेर अफबाह फ़ैल्याइयो ।जुन कुरा र बिसय झुठ थियो। महिलालाइ गीता पढाएर बिधुसी (बिध्वान ) बनाउने ,केटाकेटीहरुलाई पडाएर कर्तब्य परायण बनाउने, गृहस्थीलाइ पढाएर कृषि कर्म गर्न लागाएर जगतको भलो गर्न लाउने । ऋतु अनुसारको कृषि गरेर उत्पादन बढाएर बिस्व जगतको सेवा गर्नु पर्छ भन्न पर्नेमा समाज भढ्याउने एक बाहना बनाइयो ।जलयान ,स्थल यान, बायु यान ,अन्तरिछ्ययान बनाउ । सुख भोग शुख देल भनेको बिज्ञान रुपी ज्ञानशास्त्र, नितिसास्त्र ,समाजशास्त्र र कर्तब्य शास्त्र गीतालाई मानबिय हितमा प्रयोग गर्न पर्नेमा जातिपाति को कुरा निकालेर विभेद गरिनुका साथै महिला ,केटाकेटी, गृहस्थीपढ्न हुदैन भनेर भ्रममा पार्ने काम भयो। जसको कारण नेपालि समाज बिकास सोचेजति हुन सकेन ।जीवित छदै प्राप्त सुख सुबिधाहरु भोग्न गर्नु पर्छ ।सके मानब कल्याणमा लाग्नु पर्छ ।अर्काको कल्याण गर्नु योगी हुनु हो ।योगी हुनु भनेको नैतिकवान ,,सामाजिक तपस्वी, ज्ञानी र कर्मी हुनु हो भन्ने सदाको लागि ताजा बिचार र ज्ञानको बारेमा लेखिएको गीतालाई अध्ययन गरेर मनाब हितमा लागौ ।धन्यबाद
श्रोत:गिता तात्पर्य ,श्रीमदभगबतगिता , लेखक तथा प्रकासक ;स्वामी इशारानन्द ,गिता- प्रचार आस्रम ,सरस्वती- अखन्ड, स्वोयम्भु; काठमान्डु, नेपाल, २०१५।