जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौंमा पहिरोले घर पुरिँदा बाबु–छोरीको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौंको तारकेश्वर नगरपालिका-५ स्थित चो गाउँमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु भएको छ ।

शनिबार राति करिब ९ बजेतिर चन्द्र तामाङको घर पहिरोले पुरिँदा भाडामा बस्दै आएका नुवाकोट सामरीका ४१ वर्षीय गणेश तामाङ र उनकी छोरी १५ वर्षीया आश्मा तामाङको मृत्यु भएको हो ।

गणेशकी श्रीमती घाइते भएकी छन् भने छोरा सकुशल रहेको नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी दिए ।

मृतक बाबु-छोरीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।