जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिशूलीमा खस्यो , १८ जनाको उद्धार

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौंबाट पोखरा आउदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको
हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको छ ।

‘भर्खरै खसेको भन्ने सूचना आएको छ । उद्धार कार्य भइरहेको छ’, उनले भने ।

क्षतिको विवरण आइसकेको छैन ।