जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आफुसग भएको बिजुली बिध्या निकाल्न सके पृथ्वीमा भएका सबै पदार्थबाट बिजुली निकाल्न सकिन्छ;

संसारको पहिलो ज्ञान भनेर चिनिएको बेदध्ययन गर्न चाहना हुँदा पनि कतिपय अबस्थामा धेरैलाई समय जुरेको हुदैन।कतिपय हामी मार्क्सवादका बिद्यार्थीलाइ त पहिले देखिने बेद अध्ययन प्रति अरुचि पैदा हुन्छ किनकि हाम्रो स्कुलिंग नै  धर्म भनेको अफिम हो भन्ने सग सम्बन्धित हुन्थ्यो । जब म कृतिपुरको त्रिभुबन बिस्व बिद्यालयमा स्नाकोत्तर अध्ययन गर्न थाले तब मैले केहि सास्कृत बिध्वानहरुलाई पनि भेट्ने र पुर्बिय र पस्च्चिमी दर्शनहरुका बारेमा केहि बुज्ने अवसर प्राप्त भयो ।
स्नाकोत्तरको थेसिस भ्याएर जब सर्ठिफ़िकेट हात पर्यो तब म आफ्नो घर पोखरा फर्के ।सकभर बेदाचार्यहरु भेटेर पढन पाइन्छ भनेर खोजि गरे त्यस्तो अवसर नपाएपछि बेद गुरु  भनेर चिनिएका  बेदका मन्त्रलाइ स्वोर र सार सहित पढन सक्ने चिसाखोला बेद बिध्या आस्रम संचालन गर्ने  गुरु सग बेद अध्ययन गर्न थाले ।मलाइ सस्क्रितको स  पनि आउदैनथ्यो उल्था गर्न जान्ने त कुरै भएन ।उहाले जे पढाउनु हुन्छ त्यहि पढे ।सुकला यजुर्बेदको ४० अध्याय सक्कियो तर एक अछ्यर पनि बुझिन ।गुरुले पनि मन्त्र पढेर स्वोर र सार मात्र निकाल्ने गर्नुहुन्थ्यो उहाँलाई त्यसको अर्थ  थाहा रैनछ ।मलाइ त पर्नु फर्साद पर्यो ।अब के गर्ने कसोरी जान्ने भनेर बेद उल्था गरेका किताबहरु खोजे ,पढे तर कत्ति स्वाद आएन ।मतलब  बेदको बारेमा काठमाण्डौमा जे मलाइ भनिएको थियो र मलाई बेद पढने जागर निस्केको थियो त्यसको छेउटुप्पो नै मिलेन । एक दिन बेद गुरुलाई भनेकी मैले त  बुझ्दै बुझिन। बेद गुरुले भन्नु भयो कि  मा सग सुक्ल  याजुर्बेद लाइ हिन्दि भासामा उल्था गरिएको किताब छ तिम्रो घरमा लगेर  पढ तिमीले बुझ्नेछौ । मैले उक्त किताब ल्याएर करिब ४० पटक पढे पछि कुरोको चुरो बुझे र केहि महत्वपुर्ण ज्ञानलाई हिन्दी भासाबाट नेपालि भासामा रुपान्तरण गरे ।त्यसरी रुपान्तरण गर्दा बेदका मन्त्रमा लेखिएका सब्द र हिन्दीमा लेखिएको अर्थ मिल्छकी मिल्दैनन् भनेर पनि सामान्यत: हेरे ।सब्दहरु मिले सब्दहरु मिले पछि मलाइ थप जागर आएर नेपालीमा रुपान्तरण गर्न थाले ।
बेद लाइ बिज्ञान भनेर जानेको त्यो दिन मेरा लागि सुर्यको प्रकास अध्यारो कोठामा परेर कोठा उज्यालो भए झैँ मेरो सारा दुबिधा संका हरण भयो धेरै बिसयहरु प्रति भएको अज्ञानता ज्ञानमा परिणत भयो। ठोस बिसयमा ठोस कुरा प्राप्त भएपछी नेपाल सरकारले यस्तो आफ्नो निधिलाई मतलब नगरी अन्यत्रका कोर्स खडा गरेर दिलाउने गरेका सर्ठिफ़िकेट अत्यन्तै कमजोर लाग्यो।
अब पाठकहरुलाई जिज्ञासा हुञ्छ कि के छ त् शुल्क यजुर्बेदमा ? सुक्ल यजुर्बेदमा भएका ४० अध्याय भित्रका महत्वोपुर्ण मन्त्रहरुको अर्थ यसरि गरिएको पाइन्छ । बिध्या भनेको प्रकास हो प्रकास आगो समान हन्छ त्यसको उपयोग गरेर सबै मानबहरुलाई सुख दिनु पर्छ ।जलको ब्रिय बिजुली हो , यसलाई उपयोगमा ल्याऊ ।भौतिक अग्नि जलबाट प्राप्त हुन्छा बिध्या अग्निको प्रकासले जल बाट बिजुली निकालेर उपयोग गर ।एअबिध्या भनेको रोग हो बिध्या भनेको धन हो परस्पर बार्थालाप गरेर विद्याको उन्नति गराउनु पर्छ ।पुरुसार्थी हुन् आलस्य नगरी धनको संग्रह गरेर सुखी हुनु पर्छ ।अल्छी गरे पछि आनन्द प्राप्त हुदैन ।जसरि प्रत्येक ऋतुले आ आफ्नो काम गर्छन त्यसै गरेर बिध्वानाले पनि नया नया कुराहरु सिकेर सबैलाई बाड्नु पर्छ । बिध्या निरन्तर अध्ययन गर्नु पर्दछ ।मिठा मिठा खानेकुरा खाएर सुख भोग ।सुर्यको प्रकास बिना जीवको उत्पति हुदैन ।सुर्य बिना आखाको पनि केहि काम हुदैन ।जल बन बायु लाइ सुद्द राख्नु यिनलाई दुसित गर्नेलाई मारिदिनु। मनुस्यले पदार्थ बिध्या जान्नु आबस्यक छ । बिध्या नभेपछि कर्म गर्न सक्दैन ,बिध्याले पदार्थ चिन्न सकेमा रोग रहित जिबन जिउन सकिन्छ ।मानिसमा भएको अग्नि सुत्ने जाग्ने जिउने र मर्ने हुन सक्छ ,त्यो अग्निलाई राम्रो सग सेबन गर्न पर्छ ।अग्नि र जलको माध्यमले सबारी चलाउन सकिन्छ ,मनुस्यले उत्तम उत्तम बिमान आदि यानहरुको रचना गरेर उसैमा बसी उसलाई चलाएर पन्छी झैँ बिभिन्न देसहरुमा जाने आउने र धनको प्राप्त गरि सबै कालमा सुखको भोग गराउने र अरुलाई पनि सुख दिने हारेमा राम्रो हुन्छ ।
बिध्या बिनय र न्याय बिना प्रजाको रक्षा गर्न सकिदैन ।श्रेष्ठ ज्ञान लेउ ,धनलाइ उत्तम ठानेर रक्षा गर ,सत्य काम गर ।आखाले हेरर प्रमाण युक्त अन्नको सेबन गर ।उन्नति गर्न विद्याको सम्मान गर। बायु जल र अग्निले गर्ने काम बाट मानिसले ज्ञान सिकेर सुख प्राप्त गरोस ।पानि पृथ्वी बाट बाफ बनेर अन्तरिक्ष मा पुगेर पुन पृथ्वीमै बर्सन्छ ।यस्तो शिल्पकला मानिसले सिकोस यांत्रकला पनि  सिकेर पुरुसार्थ गरि सदैब सुखी होस् ।
सूर्यलाई श्रीस्टि गर्ने लाइ परमेश्वोर र सुर्यको प्रकासलाई देवता भनिएको हो ।सुर्यको प्रकासबाट  प्रकृतिका हरेक प्राणि र बनस्पति मा भिन्ना भिन्न शक्ति र गुणको उत्पति हुने हुदा त्यसको उपयोग गर्ने मानिस बिध्वान हुन् सकेमा बिध्वानका आखाले ति सब प्राणि र बनास्पति r बिस्वो ब्रमाण्डमा भनेका गतिविधिबाट पाठ सिकेर यन्त्र उपकरण बनाउन सकेमा आफु र अर्काको सुख दिलाउन सक्छ ।सुर्यको प्रकास बिना केहि हुने थिएन ।हावाले संसारमा जिबन दिए झैँ बिध्वानाले संसार भर ज्ञानको प्रकास दिनु पर्छ ।स्वोतन्त्रतालाई छोड्न हुदैन। विद्यामा अति जान्ने मानिस मात्र राज्यको सेवामा लाग्नु ।पानीले धोए पछि जसरि  सुद्द र सफा हुन्छ बिध्वानाले पनि राम्रा काम गरेर समाजलाई सुद्द पार्नु पर्छ । दुस्ठ लै मार सज्जनलाई रक्षा गर ।आत्मबल नभई सुखी हुदैन। आपसमा  सहमति गरेर उत्क्रिस्ट ,सुन्दर ,चतुर रोग रहित पुरुसलाई सभापति ,सेनापति र अध्यक्ष बनाउ ।बिध्वानको प्रिय बिध्या प्रचार गर्ने र सुर्यको प्रकास सरह बिध्या पडेकोलाइ राज्य सुम्प्पनु।
स्वोस्छ पानि र अन्न खाएर सरिर निरोगी बनाउ ।सज्जनको संग्गत दिनरात गर्नु पर्छ ।जुन जुन काम गर्न जो जो चतुर छ त्यसलाई त्यहि त्यहि काममा लगाँउ ।अपराध नगर्नु ,धन कमाउन ,धन नकमाए दुख र अभाब हुन्छ । शिक्षा धन बुद्दि आर्जन नगरी परोपकारी हुदैन ।एक स्त्री ले एक पति, एक पतिले एक स्त्री बिबाह गरुन।
बिध्वानालाई लिएर भए रहित भएर प्रजाको हित गर्न अरुको उन्नति देखेर प्रसन्न भएर राजधर्मको रक्षा गर्न बिमानमा बसेर देसमा घुमेर प्रजाहरुलाई निरन्तर प्रसन्न गराउने मानिसनै श्रीमान हो। सेना घोडा जसरि दौडने हुनुपर्छ ।मानिसलाई सत्य नानि आबस्यक हुन्छ जसले उसलाई सुख्ख दिन्छ । राजाले सबै लाइ शिक्षित  बनाउनु पर्छ ,नोकरलाइपनि राम्रो शिक्षा दिनु पर्छ ।इश्वोर को यो आज्ञा छ कि तिमीहरु पुरुसार्थी हौ ,अन्न द्वारा निरोगी हौ ,धन कमाउ ,दान गर ,यज्ञ गर ,पृथ्वी को रक्षा गर ,आलस्य नगर, अर्काको बिरोधि नबन ,औसधि बिध्या र योगाभ्यासी नियुक्ति गरेर प्रजालाई निरोगी बनाउन ।स्त्री समुन्द्र जसरि गम्भित जल समान शान्त स्वोभाबको ,बिर पुत्रको जन्म गराउने आननको सेबन दैनिक गराउने पानि सुद्द पारेर खुवाउने हुनु पर्दछ ।धार्मिक मानिसलाई न्यायधिस र कोसाध्यक्ष नियुक्त गर ,कर उठाउन सक्नेलाई मन्त्रि बनाउ।सुन्ने, विचार गर्ने ,ध्यान गर्ने ,नपाएको चिज पाउन इछ्या गर्ने ,पाएकोलाइ रक्षा गर्ने ,रक्षा गरेको लाइ बढाउने ,बढाएकोलाइ उपयुक्त तरिका बाट सबैको भलाइमा लगाउने हुनु पर्दछ ।चोर ,डाका ,व्यभिचारी ,अन्याय गर्ने हुनुहुन्न ।बिध्वानबाट सहाएता लिनु पर्छ ।चारो जसरि उड्ने बिमान  ,पानीमा हिड्ने जलयान बनाउ जसले प्रजाहरु देस देशान्तर जान सकुन।
स्त्रीलाई स्त्रीले नै शिक्षा दिउन ।भुगर्भ बिध्या बाट सुन कहा छ थाहा पाइन्छ ।पृथ्वी भित्र सुन हिरा पनि पाइन्छ खोज अरुको बुद्दि र धन देखेर आनन्द हौ ।स्त्रीलाई राम्रो शिक्षा दिए पछि तिनले  पाएका सन्तान बिर हुन्छन । बच्चा ८ वर्ष भएपछी घर बाट बाहिर लगेर पढाउ ।जसरि ब्रिक्षमा फलफुल लागेर राम्रो हुन्छ जसरि पन्छीको पखेटाले उड्न सक्छ त्यसै गरि मानिसले पनि बिध्या प्राप्त गरेर सुखी हुनु ।सुर्यले जसरि प्रकास दिन्छ पृथ्वीले जसरि फल दिन्छ त्यसै गरि प्रजाले पनि राज्यमा राम्रो काम गर्नु पर्छ ।बिध्या प्राप्त गरि सम्पति आर्जन गरि सुखी हुनु ।जसरि ब्रिक्ष बिना फल पनि हुदैन बर्सा पनि हुदैन त्यसै गरि बिध्या र न्याय बिना राम्रो राज्य पनि हुदैन ।बिज्ञान बडाएर सुख प्राप्त गर ।मातापिताको बिरोध कहिल्यै नगर ।शास्त्र अनुसार औसधिको सेवन गरेर निरोगी बन ।बिबाह पश्चात सम्पतिमा स्त्री र पुरुसको बराबरी हक लाग्छ ।बैध्यको शास्त्र अनुसार भोजन गर्नु ।भोजन बनाउन सिकेर बनाएको भोजन रोग रहित हुन्छ ।उन्नत र निरोगी बिउको रक्षा गर ।कृषि गर्दा अनेक साधन बनाएर गर्नु ।स्त्री पुरुसले साम बेद पढुन ।दरिद्रिहरुलाई सुख दिने अन्तिम उपाय शिक्षा हो ।सन्तानलाई निरन्तर बिज्ञान देउ।पृथ्वीमा भएका पदार्थहरुको गुअन र स्वोभाब नजान्ने मानिस बिध्वान हुदैन ।परस्पर भेट्दा नमस्ते गर ।
बिजुली बिजुली बाट बायु ,बायु बाट बिजुली निकाल्न सकिन्छ ।बायु अनुसार काम गर ।सबै प्रजाहरु धन प्राप्तिको लागि उधोग गरुन ।आगोमा घ्यु हाल्दा जसरि दन्किन्छ त्यसै गरेर बिध्वानाले अरु मानिसको बुद्दि बडाउन प्रयत्न गरुन ।योग गरेर रिद्दिसिड्डी प्राप्त गरुन।औसधि पानीमा मिसाएर खानु ।पिता पुत्रको साथ् र पुत्र पिताको साथमा रहनु ।धनलाई जम्मा गर्न सक्ने मानिसले पानि र आगो द्वारा चलाएका रथ समान सुख प्राप्त गर्न सक्छ ।जसरि पशुलाई डोरी लगाएपछि फुत्केर जादैन त्यसैगरी आयु ठिक समय बिना पहिल्यै जादैन ।यदि मानिसले पशु मार्न चाहेमा सिहले जसरि मारोस ।शरीर बराबरको  तौलको घ्यु ,एक रति कस्तुरी एक मासा केसर चन्दन,साढे तीनहात चौडा तीनहात गहिरो मा समिधा भरेर मुर्दा राख्नु वरपर समिधा भर्नु कपुरले आगो बाल्नु र मन्त्र द्वारा यज्ञ गर्नु । बायु र बिजुली सुर्य र पृथ्वी मिले जसरि स्त्री र पुरुस मिल्नु ।अन्याय भन्दा अर्को नराम्रो चिज संसारमा छैन। उठे देखि नासुतिन्जेल बिध्या पढ उन्नति गर आनन्द भोग दरिद्रिको लागि सुख देउ। सुर्यबात बल्न सफल भएको चन्द्र आदि लोक अन्तरिक्षमा जाने आउने गरेका छन् तिमि पनि जाने आउने गर। न्यायधिस र धनीको संगत गर दुख निवारण हुन्छ । बिबाद गर्नेका कुराहरु सुनेर न्याय देल । सास फेर्न सफा हावा चाहिने हुदा हावा नरोकिने गरि झ्याल ढोका राखेर घर बनाउ ।जान्ने र नजान्ने बिद्यार्थी छुट्याएर पढाउ । बायु र जलको सुद्द गर रोग बाट बाच।बिहान योग गरेमा राग जान्छ ।