जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अधिवक्ता भगवती पाण्डे पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । बुधबार बिहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले बताए ।

प्रहरीका अनुसार पाण्डेको अहिले बयान भइरहेको छ । पाण्डेले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्ताप्रति तामाङ–मगर समूदायले आपत्ति जनाएका थिए । तामाङ घेदुङ संघको तर्फबाट उनीविरुद्ध जाहेरी परेको थियो । तामाङ संघसंस्थाहरुले उनलाई पक्राउ गर्न दवाव दिँदै आएका थिए ।