जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुन-चाँदीको भाउ स्थिर

जन्मभुमि खबर ,
पोखरा ।

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन-चाँदीको भाउ स्थिर रहेको छ। बिहीबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। बिहीबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस १९ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।