जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

जन्मभुमि खबर ,
पोखरा ।

क्रिकेटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज एक पत्रकार सम्मेलन आयोजनामा भावुक बन्दै उनले सन्न्यास घोषणा गरेका हुन् ।

ज्ञानेन्द्रले अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको बताए । आफ्नो क्रिकेट करिअरबाट सन्तुष्ट रहेको उनको भनाइ छ ।

‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ । आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ । समग्रमा निकै सन्तुष्ट छु,’ उनले भने ।

ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा आफ्नी पत्नीबाट निकै साथ पाएको बताए । आफ्नी छोरीलाई पनि सम्झिएँ । छोरीका नाम लिँदा उनको गला अवरुद्ध भएको थियो ।