जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको रुपामा मोटरसाइकल दुर्घटना हुँदा २ जना युवाको मृत्यु

जन्मभुमि खबर,
पोखरा ।

कास्कीको रुपा ताल नजिकै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका ३२ बाट रुपा तालतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल रुपा गाउँपालिका ६ निगालझाँप्रामा शनिबार सडकबाट तल खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा लमजुङ दुधपोखरी गाउँपालिका ६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

दुर्घटना घाइते उनीहरुको उपचारका लागि गण्डकी अस्पताल पु¥याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । मोटरसाइकल घुम्तीमा आफै अनियन्त्रित भइ सडकमुनि खसेको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खसेको छ ।