जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा अति भारी वर्षा, घान्द्रुक आसपास पहिरोको जोखिम

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जुम्लेटीपोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायत कास्की र पर्वत आसपासका क्षेत्रमा पनि अतिभारी वर्षा भएको महाशाखाले जनाएको छ । सो क्षेत्रका साना खोलाहरूमा आकस्मिक बहावको जोखिम छ ।

साथै कुस्मा-पोखरा सडकखण्ड, घान्द्रुक र त्यस आसपास पहिरोको जोखिम छ । त्यसैले कमजोर र भिरालो जमिन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।