सुनचाँदी दुवैको मूल्य स्थिर
जन्मभुमि खबर ,
पोखरा ।
नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ ।
छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँ कायम छ । सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँ कायम छ । अघिल्लो दिन अर्थात् सोमबार पनि यही मूल्यमा तेजाबी सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि अघिल्लो दिनकै कायम छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँ कायम छ । यो मूल्यमै सोमबार पनि कारोबार भएको थियो ।