जन्मभुमि खबर ,
पोखरा ।
लेखनाथ नगरपालिका पुनस्र्थापना माग गर्दै लेखनाथवासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा बुधबार आयोजित समारोहबीच सो हस्ताक्षर अभियान सुरु भएको हो ।
संघ स्थापना दिवस अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पनि उपस्थिति थियो । उनकै सामुन्ने लेखनाथवासीले अभियान सुरु गरेका हुन् ।
पोखरा महानगरपालिकाबाट छुट्याएर साबिकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग गर्दै आफूहरूले अभियान सुरु गरेको सो अभियानका एक सदस्य बिबेक पौडेलले बताए ।
विकास निर्माण तथा बजेटमा पोखरा महानगरपालिकाले लेखनाथ क्षेत्रलाई सधैं पछि पारेकाले आफूहरू साबिकको लेखनाथ पुनस्र्थापनाको मागसहित अघि बढेको उनी बताउँछन् । पोखरा महानगरमा गाभिएपछि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रममा पटकपटक चरम बेवास्ता गरिएको र पछिल्लो समय लेखनाथलाई डम्पिङ साइट बनाइएको लेखनाथवासीको गुनासो छ ।
पोखरा महानगरपालिका बनेपछि सात तालको वाटिका भनेर चिनिने लेखनाथ उपेक्षामा पर्न थालेको लेखनाथवासीको सधंैको गुनासो रहँदै आएको छ । लेखनाथलाई छुट्टै पालिका बनाउन सके यहाँका तालहरूको संरक्षण, पर्यटन प्रवद्र्धन र योजनाबद्ध विकास निर्माण हुन सक्ने उनीहरू बताउँछन् ।
लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेयले पनि विगतमा लेखनाथ नगरपालिकाको नामबाट चिनिएकोमा महानगरमा गाभिएपछि पोखरा महानगर त बन्यो तर विकास, बजेट र कार्यक्रममा पछि परेको बताउँछन् ।
उनले महानगर भइसकेपछि जुनरूपमा विकास निर्माणको लागि योजना पर्नुपर्ने हो त्यसअनुसार पर्न नसकेकोले अभियान जाजय रहेको बताए । लेखनाथवासीले विगतका फोरममा पनि यसखालको माग राख्दै आएको उनले स्मरण गरे ।