मित्रहरुले; यो ब्यबस्था राम्रो सँग चलाउन सकेनन
लोकतान्त्रिक गणतन्त्र भन्दा अर्को नया र राम्रो ब्यबस्था पनि छैन। यो ब्यबस्थामा पौडी खेल्न जानेमा पाचै बर्समा खानेपानी, शिक्षा ,स्वास्थ र यातायातका लगाएतका क्षेत्रहरुमा सोचे जस्तै प्रगती गर्न सकिन्छ ।तर सरकार बने देखि नै सरकार ढाल्ने र जोगाउने कु-राजनितिक सस्कार ०४८ देखि आज सम्म कायमै छ। हामिले यसैमा हाम्रो र उस्को पार्टी भनेर थपडि बजाएका छौ।हाम्रो थपडिले असल कामको नेतृत्व गरेको छैन र हाम्रो प्रगती भएको छैन भन्ने बिसयमा बुझे र जाने पनि बोध हुनै सकेन ।बोध गर्न सके मात्र बोधगम्य हुन्छ र सहि बाटो समातिन्छ।
साम्यबाद र लोकतन्त्र एकै पटक मान्ने जुन भाब देखाइएको छ त्यो आफैमा कक्टेल रक्सी पिए जस्तै हो। नेपालको सम्बिधान निर्माणमा बामपंथी र लोकतान्त्रिक पार्टी बिच उच्च स्तरिय सहमती भए अनुसार समाजबाद उन्मुख समाज निर्माण गरिने छ भन्ने बाक्याशको प्रयोग हुनु बामपंथी र लोकतान्त्रिक पार्टी दुबैलाइ अति सुन्दर र दुरगामी सिद्धान्त थियो।तर त्यो कक्टेलमा परिणत हुदैछ।तपाइ हामि बिबेक साथमा भएकाहरुले यस्तो हुन दिन हुदैन भन्ने मेरो चासोको बिसय हो।
“समाजबादी चरण सम्म जादा पुजिबादको बिकास गर्ने तहसम्म दुबै थरी पार्टी हरु सगसगै जान नसक्नु समाजबाद उन्मुख समाज निर्माण गर्ने सम्झौताको उलङघन गर्नु नै हो भन्ने मेरो ठहर हो”।
अबिकसित देशको लोकतान्त्रिक सम्सदमा जटिल जटिल बिसयहरुको उठान हुनु सान्धर्भिक नै हो। त्यस्ता छलफल भित्र कुटिल सडयन्त्र पसालेर सरकारलाइ हतोत्साहित र अमर्यादित बनाउनु अराजक बन्नु हो। २०४८ देखि आज सम्म नेपालको लोकतान्त्रिक सम्सदलाई बहस र प्रगतिको थलो बनाउन नसकि सरकार बनाउने र ढाल्ने जुन रबैयाको प्रयोग भै रहेको छ त्यस्ले के देखाउछ भने हाम्रा पार्टी , नेता ,सम्सदको लोकतान्त्रिक ईतिहास छोटो छ । अनेकन अमानबिय लडाइ समेत गरेर स्थापित भएका पार्टीहरुको लोकतान्त्रिक ईतिहास छैन । नेपाली कांग्रेसको जाहाज अपहरण र राजा सगको पौठेजोरी, हालको एमालेको माले पार्टी हुदाको अबस्था र माओवादीको ०६३ पहिलाको बन्दुके शैली यस्का ज्वोलन्त उदाहरण हुन ।अनि हामी गाउले र सहरिया कार्यकर्ता पुरै निम्न पुजिबादि शैलीका दोधारे , सकेको अबसरबादी, जाल झेल , आफू सग नहुदा गरिबको कुरा गर्ने , हुदा ठूलो ठालो बनिहाल्न पर्ने , आफू अनुकुल नहुदा कानुनको धज्जी उडाउने , अनुकुल हुदा कानुन अनुसार हुनु पर्छ भन्ने बडो अराजक कार्यकर्ताको भिडले सिधा साधा जनतालाइ असत्य कुरा बोलेर झुक्याएर ब्यक्तिबादी भएर निर्बाचनमा धादली र पैसा खर्च गरेर जिताएका बहुसंख्यक जनप्रतिनिधिहरु लोकतान्त्रिक गणतान्त्रिक सम्सदमा छन भन्ने कुरा हामिले बिर्सन हुँदैन ।
अनि यिन्ले काम गरेनन भनेर हामी केही थानले चिन्ता र चासो गर्छौ। यस्तो रबैया लाई मन नपराएर लौरो र घण्टी को जन्म भएको हो भन्ने पनि जानेका र बुझेका छौ तर अझै खास कुरा र बिसयको बोध हुन सकेको छैन।यसो नहुनुको कारण हाम्रो दिमाखमा हिम्सा कायमै छ। एक पार्टीले अर्को पार्टीलाई हेर्ने दृस्ठिकोण अमानबिय नै छ। एकै पार्टी भित्रकै कार्यकर्ता बिच घोर असान्ती र बेमेल , पछार्ने र ढलाउने सडयन्त्रका तानाबुना कायमै छन।
बुद्ध जन्मेको देशका हामी ,खास मान्छे हुन नसक्नु हाम्रो पार्टी र नेतृत्वको राजनितिक ईतिहास छोटो र कमजोर हुनु नै प्रमुख कारण हो। सन्सारमा भएका असल लोकतान्त्रिक अभ्यासलाइ सिक्ने बिसयमा ध्यान नदिनु पनि हो।
कुरा गर्ने नेस्नल मन्डेलाका, गान्धिका ,सि जिङ्ग पिङ्गका, लि क्वानका ,माहाथिरका ,बि पि का ,गणेशमानका किसुन जि का ,पुस्पलालका
मनमोहनका र मदन भन्डारिका ! ढुङ्गाको सालिकमा अनाबस्यक माला पनि चडाइहाल्ने तर काम जनता झुक्याउने , नाटक भन्दा अर्को नगर्ने ! राजनितिक सस्कार नभएका , लामो राजनितिक ईतिहास नभएका पार्टी , नेता र कार्यकर्ता भएर नै सहमति भएर नेपालको सम्बिधानमा लेखिएको समाजबाद उन्मुख समाज निर्माण गर्ने सम्झौता कक्टेल सबित हुदैछ।
लेखक
खगराज आचार्य
सदस्य नेकपा एमाले, कास्की जिल्ला कमिटी