जन्मभुमि खबर ,
पोखरा ।
सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु छ ।
मंगलबार बिहान 9 ANA AMV कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
दुर्घटनामा परेको हेलिकप्टरमा एक चालक र २ पुरुष र ३ महिला गरी ५ जना मेक्सिकन नागरिक सवार थिए।
मेक्सिकन नागरिक सोलुखुम्बुका हिमाली क्षेत्र अवलोकनका लागि सोमबार लुक्ला पुगेका थिए। हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए। हेलिकोप्टरमा म्याक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए।दुर्घटनास्थलमा बेनी प्रहरी चौकीको टोली पुगेर शव संकलन गरेको छ। जिल्लाबाट त्यसतर्फ लागेको टोली भने पुगिसकेको छैन। यस्तै काठमाडौंबाट हेलिकोप्टरमा गएको टोली पनि खराब मौसमका कारण दुर्घटनास्थल आसपास हेलिकोप्टर अवतरण गर्न सकेन।