जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा–१६ स्थित डाँडाथोक मार्गको बाटो भासिँदा घरहरू जोखिममा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा शनिबार बेलुका देखि भीषण वर्षा भयो । वर्षाका कारण पोखरा महानगरपालिका–१६ मा जमिन भासियो । घरहरू जोखिममा परे । 

पोखरा–१६ स्थित डाँडाथोक मार्गको बाटो भासिँदा घर नै जोखिममा परेको छ । राति ११ बजेतिर स्थानीयले जसोतसो पानी तर्काएका थिए ।

आइतबार बिहानै भासिएको ठाउँ पुर्न भनेर टिपर बोलाइयो । ग्राभेल बोकेर गएको उक्त टिपर आफैँ भासिएको ठाउँमा पर्‍यो । जमिन भासिँदा कुनै क्षति भने भएको छैन ।