जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका– १३ काहुँखोला साझास्थित विजयपुर खोलामा फसेका चार जनाको प्रहरीले उद्धार गरेको छ ।
निर्माणधीन पानी ट्याङ्की बोरिङको प्रतीक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासि आएको बाढीमा फसेका उनीहरूको हिजो सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।
उद्धार गरिएकामा २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदीप गुरुङ्ग, २८ वर्षीय अर्जुन बिक र १९ वर्षीय क्षितिज नेपाली छन् ।
बाढीमा फसेको जानकारी पाउनासाथ नम्बर २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिई उनीहरूको सकुशल उद्धार गरेको थियो ।