जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट काठमाडौँ उड्न लागेको यत्ति एयरलाइन्स जहाजमा मुसा देखियो

जन्मभुमि खबर ,
पोखरा ।

पोखराबाट काठमाडौँ उड्न लागेको यती एयरलाइन्सको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको छ ।

विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार बिहान ११ः५० बजे उड्न भर्न ठिक्क परेको जहाजमा मुसा देखिए पछि अहिले उडान रोकेर मुसाको खोजी सुरु गरिएको बताए ।

यात्रुले पाङग्राको छेउमा मुसा दौडिएको देखेको भनेपछि जहाजलाई अहिले रोकिएको छ ।

मुसा जहाज भित्र पसेको या नपसेको बारे खोजी भइरहेको उनले बताए । उक्त उडानबाट काठमाडौँ जान लागेका यात्रुलाई अर्को उडानबाट पठाउने तयारी भइरहेको छ ।