जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा बसको ठक्कबाट मोटरसाइकल चालकको निधन

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँको आँबुखैरेनी नगरपालिका वडा नम्बर १ बरादीमा सडक दुर्घटनामा परी मोटरसाइकल चालक २७ वर्षीय सागर तामाङको निधन भएको छ ।

आज दिउँसो मुग्लिङबाट पोखरा गइरहेका वागमती प्रदेश ०२–०१५ क ६२२६ नम्बरको मोटरसाइकललाई ग २ ख १२३५ नम्बरकाे बसले ठक्कर दिँदा मोटरसाइकल चालक तामाङको घटनास्थमै मृत्यु भएको हो । मोटरसाइकलमा चढेका अर्का यात्रु घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

दुर्घटनापछि स्थानीयवासी आन्दोलित भएका छन् । आन्दोलित स्थानीयले सडक जाम गरी आवतजावतमा रोक लगाएका छन् । मुग्लिङ-पोखरा सडक खण्ड निर्माणाधीन अवस्थामा रहेको छ । त्यसैले यो क्षेत्रमा पटकपटक सडक दुर्घटना हुने गरेको छ ।

स्थानीयले स्थानीय प्रशासन तथा ठेकेदारलाई पटकपटक सडक निर्माणमा भएको लापरबाही नियन्त्रण गर्न आग्रह गर्दै आएका छन् । तर, स्थानीयको माग सुनावाइ भएको छैन । १५ दिन पहिला पनि यही सडक खण्डमा निर्माणधीन सडकको हिलोमा चिप्लिएर एक जना मोटरसाइकल चालकको निधन भएको स्थानीयको भनाइ छ ।